Posts

सिएसआर अन्तरगत गरिने सहयोग नाममात्रको हुने गरेको गुनासो

नेपालय न्यूज काठमाडौं । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले समुदायमा वितरण गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तरगत गरिने सहयोग नाममात्रको हुने गरेको भन्दै सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल)को संघ–संस्था दर्ता, सञ्चालन, नियमन र व्यवस्थापनका विषयमा सरोकारवालहरु बीच संघ–संस्था दर्ता ऐनमा  छलफल विषयक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हाल गरिने खर्च अपारदर्शी र नाम मात्रको रहेकोले सो ऐन पनि खारेज हुन जरुरी रहेको भन्दै उनीहरुले एउटा कम्प्युटर, खाद्यान्नजस्ता साना कुरा वितरण गर्दा पनि ठूला चर्चा र हल्ला गरिने कार्य बन्द गरिनुपर्नेमा जोड दिएका छन् । इन्सेकका अध्यक्ष सुवोदराज प्याकुरेलले संविधानको धारा ५१ को निर्देशक सिद्धान्त अनुरुप सिएसआरको बहानामा यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा वास्केट फण्डको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । साथै अनुसन्धानको नागरिक संस्थाहरु राज्य संघ संस्थाहरु नेपाल भित्रै मानव संसाधनको निर्माण गरी अन्र्तराष्ट्रिय गैससहरु माझ राष्
Recent posts